अबको तीन दिनपछि लन्च हुँदै होन्डाको नयाँ अमेज एसयूभी, यस्तो छ नयाँ डिजाइन र एड्भान्स फिचर

अबको तीन दिनपछि लन्च हुँदै होन्डाको नयाँ अमेज एसयूभी, यस्तो छ नयाँ डिजाइन र एड्भान्स फिचर

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । होन्डाले डिसेम्बर ४ मा नयाँ अमेज एसयूभी लन्च गर्ने तयारी गरेको छ । नयाँ होन्डा अमेज नयाँ डिजाइन र एड्भान्स फिचरसहित लन्च गरिने भएको हो ।

नयाँ होन्डा अमेजमा होन्डा सिटी र एलिभेट जस्तै बोल्ड डिजाइन दिइएको छ । यसको फ्रन्ट ठुलो ग्रिलको दुबै छेउमा डीआरएल सहित स्लिकर एलईडी हेडल्याम्पले सुसज्जित छ ।

ग्रिलको माथि कनेक्टेड क्रोम स्ट्रिप र अपग्रेड गरिएको क्ल्यामशेल बोनेटलाई प्रिमियम टच दिइएको छ । यसको पछाडि एलईडी टेलल्याम्प र नयाँ डिजाइन गरिएको बम्पर प्रदान गरिएको छ ।

सेफ्टीका लागि नयाँ होन्डा अमेजमा ६ एयरब्याग, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, लेन(किपिङ असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र अटोनोमस इमरजेन्सी ब्रेकिङ जस्ता फिचर उपलब्ध गराइएको छ । साथै यसमा ईबीडी सहितको एबीएस, हिल होल्ड असिस्ट र रिभर्स क्यामेरासहितको पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर उपलब्ध गराइएको छ ।

नयाँ होन्डा अमेजमा नयाँ ड्यासबोर्ड, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको ठूलो ८ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ । क्याबिनमा ड्युअल टोन कलर स्किम र नयाँ अपहोल्स्ट्री जस्ता प्रिमियम टच दिइएको छ । यसमा अटोमेटिक एयर कन्डिसन, रियर एसी भेन्ट र वायरलेस फोन चार्जर जस्ता फिचर उपलब्ध छ । यसको टप भेरिएन्टमा सिंगल पेन सनरुफ प्रदान गरिएको छ।

नयाँ अमेजको मूल्य हालको मोडल भन्दा बढी हुने अपेक्षा गरिएको छ । हालको मोडलको मूल्य ७ लाख ३ हजार देखि १० लाख भारुसम्म रहेको छ ।

Logo