हुन्डाई टुसानलाई ५ स्टार रेटिङ, चालक र यात्रुको शरीरलाई राम्रो सुरक्षा प्रदान

हुन्डाई टुसानलाई ५ स्टार रेटिङ, चालक र यात्रुको शरीरलाई राम्रो सुरक्षा प्रदान

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । भारत एनक्यापले हुन्डाई टुसानलाई ५ स्टार रेटिङ दिएको छ । परीक्षण रिपोर्टका अनुसार टुसानले फ्रन्टल अफसेट ब्यारियर परीक्षणमा चालक र यात्रुको टाउको, घाँटी र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो ।

जसमा एसयुभीले वयस्क व्यक्तिको सुरक्षाका लागि कुल ३२ मा ३०.८४ अंक र बालबालिकाको सुरक्षाका लागि ४९ मा ४१ अंक प्राप्त गरेको हो ।

३ वर्ष र १८ महिनाका बाल डमीहरूसँग सञ्चालन गरिएको डायनमिक परिक्षण अन्तर्गत चाइल्ड रिस्ट्रेन्ट सिस्टमका लागि २४, सिआरएसमा १२ र भेइकल एसेस्मेटन्टमा ५ अंक प्राप्त गरेको जनाइएको छ ।

परीक्षण गाडीमा फ्रन्ट एयरब्याग, साइड हेड, साइड चेस्ट र साइड पेल्भिस एयरब्याग, आईएसाओफिक्स, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, प्रिटेन्सन र लोड लिमिटर राखिएको थियो ।

Logo