मैले जिउँने संसार लिएर आए बलबहादुर र मेलिना

मैले जिउँने संसार लिएर आए बलबहादुर र मेलिना

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । जेल पनि सहुँला जस्ता चर्चित गीत दिएका गायनका जोडी बलबहादुर राजबँशी र मेलिना राईको स्वरमा मैले जिउँने संसार बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द रमेश मास्केले लेखेका हुन् भने गीतमा सँगीत स्वयम् गायक बलबहादुर राजबँशीको नै रहेको छ । गीतमा संगीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग चन्द्र चौधरीको रहेको छ।

गीतमा नायक कुङ्साङ्ग बोम्जन र आरजु चौधरी राजबँशीको अभिनय देख्न सकिन्छ। गीतको छायांकन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहिले गरेका हुन्। गीत जति मिठो छ भिडियोपनि त्यतिनै आकर्षक बनेको छ।

गायक राजबँशी भोईस अफ नेपाल सिजन २ का टप नाईन सम्म पुगेका गायक पनि हुन् । गायक राजबँशीका नेपाली मात्र नभै राजबँशी, भोजपुरी र मैथली भाषामा धेरै गीतहरु सार्बजनिक भई सकेका छन्। उक्त गीतलाई बल बहादुर राजबँशी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।

Skip This
Skip This
Logo