काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्स संकटमा परेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले ८ ओभरको खेल सकिँदा ४ विकेट गुमाएको हो । आशा गरिएका भारतीय चर्चित क्रिकेटर शिखर धवन, वेस्ट इण्डिजका चाडविक वाल्टन, ओमानका जीशन मक्सूद सस्तैमा आउट भएका हुन् ।
धवन नै १४ रनमा आउट भएका हुन् । १४ बल खेले तर ३ चौका मात्रै प्रहार गर्न सके । हर्ष ठाकरले उनको विकेट लिएका हुन् । वाल्टन ८ रन, मक्सूद शून्यमै आउट भए । यसअघि ओपनर देव खनाल पनि १ रनमै आउट भएका थिए ।





























प्रतिक्रिया