साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको सञ्चालक समितिको ४७ औं बैठकबाटले कुल चुक्ता पूँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार ७९८.५७ रुपैयाँ रहेको र सोको १३.३० प्रतिशतले बोनस सेयर वितरण गर्ने भएको छ ।

साथै, २ करोड ६६ लाख ४४ हजार ६१६.५९ रुपैयाँले कर प्रयोजनका लागि ०.७० प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुने गरी सेयरधनीहरुलाई वितरण हुने संस्थाले जनाएको छ ।

Logo