प्रधानमन्त्री भन्छन् अब कसैले सहिद बन्नु पर्दैन (भिडियोमा)

प्रधानमन्त्री भन्छन् अब कसैले सहिद बन्नु पर्दैन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको असहमति, आलोचना र विरोधलाई छाडेर मुलुकलाई सम्पन्न र समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्ने दायित्व बिर्सन नहुने पनि स्पष्ट पारे ।

सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लौनचांैरस्थित सहिद पार्कमा सहिदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदहरुको सपनालाई साकार पार्न सरकारले मुलुकलाई समृद्ध र जनतालाई सुःखी बनाउने अभियानलाई दृढताका साथ अघि बढाईरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सुशासन र तीव्र आर्थिक विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन सिंगो देशनै केन्द्रित भएर लागि परेको दावी पनि गरे । उनले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र, सामाजिक न्याय र समानतासहितको अधिकार प्राप्त भएको उल्लेख गर्दै अव कुनै पनि नागरिकले अधिकार प्राप्तीका लागि जीवन बलिदान गर्नुपर्ने अवस्थाको अन्त्य भएको पनि स्मरण गराए ।

मुलुकमा जनताको शासन व्यवस्था सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको अवस्थामा परिवर्तन ल्याउन सबैले दृढतापूर्वक समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने पनि बताए ।

Logo