एनपीएलमा आज पनि दुई खेल हुँदै, सुरुमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएलमा आज पनि दुई खेल हुँदै, सुरुमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स भिड्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुँदै छ ।

आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु हुनेछ ।

विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।

यस्तै, दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जरबीच हुँदै छ । चितवनले सोमबारको खेलमा काठमाडौँ गुर्खाजलाई पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।

Skip This
Skip This
Logo