केसीको माग पूरा गर्नुको विकल्प छैन- पूर्व प्रधानन्यायाधिश कार्की

केसीको माग पूरा गर्नुको विकल्प छैन- पूर्व प्रधानन्यायाधिश कार्की

केन्द्रबिन्दु
0
Shares

पूर्व प्रधानन्यायाधिश सुशील कार्कीले सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नरहेको बताएकी छन् ।

पूर्व प्रधानन्यायाधिश कार्कीले जनताको जीत हुने र सिंगो राष्ट्रकै जीत हुने भएकाले पनि डा. केसीको बाँकि माग पनि पूरा गर्ने काममा ढिलाई गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भिर ध्यानाकर्षण गराiइन् । बुधबार आमरण अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बुझेपछि उनले डा. केसीको सबै मागलाई पूरा गर्दा प्रधानमन्त्री ओलीको पनि जीत हुने पनि स्पष्ट पारिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले डा. केसीले जनता र राष्ट्रको माग उठाएकाले त्यसलाई पूरा गर्दा कसैलाई पनि असर नपर्ने दावी पनि गरिन् । डा. केसीको माग जनता र राष्ट्रको भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने उनको भनाई छ ।

पूर्व प्रधानन्यायाधीश कार्कीले डा. केसीको माग पूरा गराउन प्रधानमन्त्री ओलीले बचन दिएको स्मरण गराउँदै केसी सन्यासी भएकाले उनले माग पूरा गराउँदा सबैले जित हुने पनि बताइन  । उनले संचारकर्मीमाझ डा. केसीको वर्षौदेखिको आन्दोलनको कारण नेपालको मेडिकल क्षेत्रमा सुधार हुँदै आएको पनि उल्लेख गरिन् ।

Logo