काठमाडौं । इटाली लाने भन्दै लिबिया पुर्याएर बन्धक बनाइएका १२ जना नेपालीलाई फर्काउन कांग्रेसले सरकारसँग माग गरेको छ । नेपाली र पाकिस्तानी दलालले इटाली लगिदिने प्रलोभनमा १२ नेपाली लिबियामा बन्धक भएपछि सुरक्षित घर फर्काउन कांग्रेसले सरकारसँग माग गरेको हो ।
लिबियामा बन्धक युवाबारे अनुसन्धान थालेको महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुमध्ये ११ जनाको पहिचान भइसकेको जनाएको छ । कांग्रेसले नेपाली युवाहरुलाई त्यस्तो स्थितिमा पुर्याउने दोषीहरुलाई कारवाही प्रकृया सुरु गर्नसमेत सरकारसँग माग गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले दिएको जानकारी अनुसार लिबियामा पोखरा महानगरपालिका-९ का ओम गुरुङ, पोखरा-१९ का रञ्जीत केसी, धाइरिङ-९ पर्वतका सुरेश केसी, चिमखोला-३ म्याग्दीका धीरज थापा, म्याग्दीकै अमन लजासहित १२ जना छन् ।
प्रहरीका अनुसार महेश डाँगी, सुनिलकुमार गिरी, बालकृष्ण बाठा, रुकुमका मनराज, पुनदत्तबहादुर बाठा र हरिमान बुढालाई पनि बन्धक बनाइएको छ। यी नेपाली युवाहरुलाई गत भदौमा काठमाडौँबाट दुबई हुँदै लिबिया पुर्याइएको थियो ।





























प्रतिक्रिया