सोचेजस्तो खेल्न सकेनौँ, अब सुधार्छौँः लामिछाने

सोचेजस्तो खेल्न सकेनौँ, अब सुधार्छौँः लामिछाने

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार बेहोर्नु परेको छ । यो विराटनगरको लगातार दोस्रो हार होे ।

खेल पश्चात् सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका क्याप्टेन सन्दिप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिश गर्ने बताएका छन् ।

उनले जे जस्तो भए पनि हार नमानेको र अर्को खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको बताएका छन् ।

उनले भने, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोशिस गर्छौ । मैले आफैले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन । अब आउने खेलमा राम्रो गर्ने सोच छ । प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नुहुन्छ भन्ने आशा छ ।’

आजको टस जितेर पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन गर्न सकेन । यता अर्को टिम सुदूरपश्चिम रोयल्सले पहिलो खेलबाट नै जीतको सुरुवात गरेको छ । टस हारेर पनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ ।

यस्तै, सुदूरपश्चिमका क्याप्टेन दिपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेलहरु पनि राम्रो गर्ने भन्दै खुसि व्यक्त गरेका छन् ।

उनले भने, ‘हामीले १५० रनभन्दा माथि गयौं भने जित्न सक्छौ भन्ने सोच बनाएर आएका थियौं । हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौ र जित्यौ । हामीलाई यसै गरी साथ दिने हो भने अगामी दिनहरुमा अझै राम्रो खेल्ने आशा राखेको छु ।’

Logo