पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार

पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार

केन्द्रबिन्दु
0
Shares

हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।

शाह बोल्न र आफैं खाना खान सक्ने भएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य परीक्षका सबै रिपोर्ट सकारात्मक आएको बताइएको छ ।सीसीयुमा राखेर उपचार गराइरहेका शाहलाई सम्भवतः आजै वा नभए भोलिसम्म वार्डमा सार्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

सोमबार अपराह्न हृदयाघात भएका शाहको उपचारमा डा.यादवदेव भट्टलगायतको चिकित्सकहरुको समूह संलग्न छ ।

Logo