टस जितेर बलिङ् गर्दै काठमाडौँ गोर्खाज

टस जितेर बलिङ् गर्दै काठमाडौँ गोर्खाज

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले पहिले बलिङ गर्दै छ । टस जितेपछि गोर्खाजले बलिङ् रोजेको हो ।

आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुँदै छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन् ।

कर्णाली र काठमाडौँ दुवैको यो दोस्रो खेल हो, यसभन्दा अगाडिको खेलमा दुवै टिमले जीत हासिल गर्न सकेका थिएनन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।

Logo