काठमाडौँ । रु रु जलविद्युत् परियोजना लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
रु रु जलविद्युत् परियोजनाको कार्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । जसका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको कम्पनी सचिव किशोरप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै, कम्पनीको इस्यु रेटिङका लागि इक्रा नेपालसँग आवश्यक सम्झौता गर्ने निर्णय भएको छ ।





























प्रतिक्रिया