काठमाडौँ । नेपाल एसबिआई बैंकले लाभांशको घोषणा गरेको छ । बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको ५२१ औँ बैठकले लाभांश घोषणा गरेको हो ।
बैंकको गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० अर्ब ५० करोड १ लाख ५२ हजारको २८२ रुपैयाँको कुल १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ।
जसमध्ये ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी ३१औँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।































प्रतिक्रिया