गाँजा बोकेको गाडी देखेपछि प्रहरीले चलायो गोली

गाँजा बोकेको गाडी देखेपछि प्रहरीले चलायो गोली

केन्द्रबिन्दु
201
Shares

काठमाडौँ । सुनसरी प्रहरीले गोली चलाएको छ । गाँजा बोकेका दुई वटा गाडीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार प्रहरीको चेक प्वाइन्ट देखेपछि धनकुटाबाट धरान आउँदै गरेका दुवै गाडीका चालक भाग्न खोजेका थिए । त्यसपछि गाडी नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गोली चलाएको हो ।

प्रहरीले उक्त गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ । दुईमध्ये एक जना चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ l पक्राउ पर्नेमा श्यामकुमार विश्वकर्मा छन् । फरार अर्का चालकको खोजी भइरहेको छ ।

Skip This
Skip This
Logo