काठमाडौं । प्रेमीहरूका लागि निकै नमिठो शब्द हो, ब्रेकअप । ब्रेकअप कहिले, कहाँ, कुन विषयलाई लिएर आफूले मन पराएको मान्छेसँग हुन्छ त्यो टुङ्गै हुँदैन । त्यसैले सम्बन्धलाई मजबुद बनाउनका लागि ‘लभ लाइफ’ मा प्रेमी वा प्रेमिकाहरू अनेकौं विषयमा ध्यान दिइरहेका हुन्छन् ।
एक अर्काबीच माया गर्दैमा वा लगाउँदैमा त्यो सम्बन्ध विवाहमै परिणत हुन्छ भन्ने पनि छैन । विवाहसम्मको सपना देखेर लगाएको माया धेरै जनाको अधुरो रहेका घटना धेरै छन् । जसका यादलाई सम्झेर पिडामा बस्नेहरूको कमी छैन भन्दा फरक पर्दैन । आर्थिक, सामाजिक पारिवारिक लगायतका विषयले पनि दुईबीचको प्रेममा ब्रेक लगाइदिन सक्छ ।
सम्भवतः आज उमेर पुगेका युवायुवतीहरूको जो कोहीको ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्ड छन् । तपाईंको पनि कुनै बेला कोहीसँग माया बसेको वा कसैलाई मन पराउनु हुन्थ्यो भने एक पटक सम्झनुहोस् त के याद आउँछ ?
अनि तपाईं आफै प्रेममा हुनुहुन्छ भने गहिरिएर सोच्नुहोस् त यो दुईबीचको मायालाई विवाहसम्म पुर्याउन सकिन्छ ? यस्ता प्रश्न उठाउँदै गर्दै कतिलाई रिस पनि उठाउन सक्छ । त्यो मायाको गहिराइ हो भनेर बुझ्न पनि सकिन्छ । जे होस् यदि तपाईं पनि प्रेममा हुनुहुन्छ भने उसँग ब्रेकअप नहोला भन्न सकिँदैन । त्यसैले ब्रकेअप हुने संकेतका केही लक्षण हेरी हालौं ।
संवादमा कमी
तपाईंको प्रेमिका तपाईंसँग कुरा गर्न कम गर्न थाल्छ वा फोन कल, मेसेजहरूमा चासो कम हुन्छ भने यो ब्रेकअपको संकेत हुन सक्छ । उ जागिर खान्छ भने दिउँसोको समयमा दुईबीचको संवादमा कमी आउनु स्वभाविक हो । तर, तपाईंलाई उसले पहिलाका जस्तो महत्व र चासो दिएर बोल्दैन भने भने यो ब्रेकअपको संकेत हुन सक्छ ।
भावनात्मक दूरी
यदि तपाईंको प्रेमिका पहिले जस्तो व्यवहार नगर्ने वा मानसिक रूपमा तपाईंसँग दूरी बढाउने प्रयास गर्छ भने यसले सम्भावित ब्रेकअप गर्न खोजेको बुझाउँछ ।
बारम्बार झगडाको प्रयास
प्रेमी वा प्रेमिकाहरूबीच साना–साना विषयलाई लिएर झगडा धेरै गर्छन् । र, त्यो झगडालाई लिएर कति पय जोडीहरू एक्लै बसेर रुन्छन् पनि । अनावश्यक विषयमा सङ्का गर्ने, एक अर्कालाई फेसबुक आइडी सेयर गरी लेखिएका म्यासेज आदिलाई लिएर पनि ब्रेक अप गर्छन् । वा उसले तपाईं भन्दा राम्रो व्यक्ति पाएर ब्रेकअपको लागि बारम्बार झगडाको प्रयास गरिरहेका हुन्छन् ।
भविष्यको चिन्ता नलिने
स्वच्छ माया लगाउनेहरू भविष्यको चिन्ता लिने गर्छन् । उनीहरूले आफ्नो भविष्यको विषयलाई लिएर एकअर्काबीच कुरा सेयर गरिरहेका हुन्छन् । तर, यदि तपाईंको भविष्यको योजनामा उनी समावेश छैनन् । र, उसले भविष्यको बारेमा कुरा गर्दा नकारात्मक वा उदासीन दृष्टिकोण राख्न थाल्नु हुन्छ भने यसले पनि ब्रेक अप गर्ने लक्षण देखाउँछ ।
ध्यान नदिने
प्रेममा एक अर्काको ख्याल राख्ने र ध्यान दिनु निकै महत्वपूर्ण मानिन्छ । यदि तपाईं प्रतिको चासो कम हुँदै गयो भने आत्मीयता घट्दै गएको सहजै बुझ्न सकिन्छ । उसले तपाईंको जिज्ञासामा चासो नदिने वा तपाईंको भावनालाई बेसुर गर्दा पनि ब्रेकअप
गर्न खोजेको अनुमान गर्न सकिन्छ ।































प्रतिक्रिया