काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा नौ बजे सुरु हुनेछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दै छन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।
यस्तै, आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
काठमाडौँले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जीत हासिल गरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा नै जीत हासिल गर्न सफल भएको थियो । काठमाडौँ गुर्खाजको नेतृत्व करन केसीले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको कप्तान दिपेन्द्रसिंह ऐरी रहेका छन् ।





























प्रतिक्रिया