पोखरा एभेन्जर्सले आफ्नो जर्सीको अगाडि अरूको विज्ञापन नराख्नुको कारण यस्तो छ

पोखरा एभेन्जर्सले आफ्नो जर्सीको अगाडि अरूको विज्ञापन नराख्नुको कारण यस्तो छ

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले लगाएको जर्सीमा कुनै पनि प्रायोजकको लोगो वा स्पोनसरको नाम छैन ।

अरू टिमको जर्सीमा स्पोन्सरहरूको लोगो देखिए पनि पोखरा एभेन्जर्सले लगाएको जर्सीमा कुनै पनि प्रायोजक वा स्पोनसरको नाम नराखिएको बारेमा टिमले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।

पोखरा एभेन्जर्सले जलवायु परिवर्तनको चेतनालाई मुख्य प्राथमिकतामा राख्दै स्पोनसरको लोगो नराखेको बताएको छ । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले आफ्नो टिम सुरुवातदेखि नै पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनलाई मूल मुद्दा बनाएर अघि बढिरहेको बताएका छन् ।

‘जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । गण्डकी यसरी जलवायु परिवर्तनको चपेटामा पर्दै जाने हो र हिमालबाट हिउँहरु सकिँदै जाने हो भने यसले हाम्रो सौन्दर्यतालाई नै संकटमा पार्नेछ । हाम्रो सौन्दर्य संकटमा पर्नु भनेको संसारकै सुप्रसिद्ध पर्यटकिय सहरका रुपमा परिचित पोखरासँगै सिंगो गण्डकी प्रदेशकै अर्थतन्त्रमा असर पुग्नु हो ।’ उनले भने ।

त्यसकारण सुरुवातदेखि नै पोखरा एभेन्जर्सले खेलमार्फत जलवायु परिवर्तनको चेतना जगाउनुलाई महत्त्वपुर्ण ठानेको उनको भनाइ छ । जर्सीमा आफ्नो लागो राख्न दर्जनौँ स्पोन्सरहरू सम्पर्कमा आइरहँदा पनि जलवायु परिवर्तनको चेतनालाई नै प्राथमिकतामा राख्दै जर्सीको अगाडि अरूको विज्ञापन नराखेको त्रिपाठीले बताएका छन् ।

Logo