प्रधानमन्त्री ओली भन्छन्, ‘मुलुकलाई हिंसामा धकेल्ने काम भयो’

प्रधानमन्त्री ओली भन्छन्, ‘मुलुकलाई हिंसामा धकेल्ने काम भयो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा शान्ति खलबलाउने प्रयास भईरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन् ।

सशस्त्र प्रहरी बलको १८ औं स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने र शान्ति सुव्यवस्था छैन भन्ने अवस्था श्रृजना गर्ने काम भईरहेको बताए ।

राष्ट्रिय अखण्डतालाई चुनौति दिने गरि देशद्रोही कामहरुका प्रयास भईरहेको उल्लेख गर्दै उनले मुलुकलाई हिंसामा लैजाने र निरंकुशता तर्फ धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिए ।

शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भईरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताए । पछिल्लो समय सरकार मै रहेका मन्त्रीहरुले सार्वजनिक कार्यक्रमहरुमा विभिन्न दल तथा गैह्रसरकारी संस्थाहरुले द्धन्द्धकालिन मुद्दाहरु ब्यूताएर सरकारप्रति आक्रमण गरेको अभिव्यक्ति दिदै आएका छन् ।

Logo