काठमाडौँ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स ७० र एक्स ५० मोडलमा अफर ल्याएको छ । जसअन्तर्गत प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म निशुल्क पेट्रोल पाइने भएको हो । अफर डिसेम्बर २०२४ सम्मका लागि लागू हुने जनाइएको छ ।
निःशुल्क पेट्रोल बाहेक ग्राहकले इन्सुरेन्स, २ वर्षसम्मको सर्भिसिङ शुल्कमा छुटका साथै ५ वर्षको वारेन्टी र आकर्षक एक्सचेन्ज बोनस समेत पाउनेछन् ।
मलेशियन ब्रान्ड प्रोटोनको एक्स५० कुल तीन भेरिएन्टमा बिक्री हुँदै आएको छ । जसअनुसार स्ट्यान्डर्ड भेरिएन्टको मुल्य ७२ लाख, प्रिमियमको ८० लाख र फ्ल्यागशिपलाई ८५ लाख रुपैयाँ पर्छ । यो एसयुभीमा १।५ लिटर टर्बोचार्जड पेट्रोल इन्जिन जडान गरिएको छ ।
यसैगरी, अर्को प्रिमियम मोडल एक्स७० मा पनि १।५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन नै जडान गरिएको छ । यो एसयुभी टु–ह्विल र फोर ह्विल दुबै भेरिएन्टमा उपलब्ध छ भने मूल्य ८७ देखि १ करोड ५ लाखसम्म कायम गरिएको छ ।































प्रतिक्रिया