काठमाडौँ । होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च गरेको छ । यो नयाँ अमेज पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने जनाइएको छ ।
नयाँ अमेज भी, भीएक्स र जेडएक्स गरी कुल तीन भेरिएन्टमा लन्च भएको हो । अल न्यू अमेजलाई शुरुवाती मूल्य ८ लाख भारु निर्धारण गरेर लन्च गरिएको छ ।
एमटी र सिभीटी ट्रान्समिन विकल्प दिइएको नयाँ अमेजको टप स्पेककलाई १० लाख ९० हजार भारु पर्ने जनाइएको छ ।
कारमा नयाँ ड्यासबोर्ड, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको ठूलो ८ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । यसको क्याबिनमा ड्युअल टोन कलर स्किम र नयाँ अपहोल्स्ट्री जस्ता प्रिमियम टच दिइएको छ । यसमा अटोमेटिक एयर कन्डिसन, रियर एसी भेन्ट र वायरलेस फोन चार्जर जस्ता फिचर उपलब्ध छ । यसको टप भेरिएन्टमा सिंगल–पेन सनरुफ प्रदान गरिएको छ ।
नयाँ होन्डा अमेजमा पुरानो १.२ लिटर पेट्रोल इन्जिनलाई कायम राखिएको छ । सो इन्जिनले ९० एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्समा ट्युनिङ गरिएको छ ।





























प्रतिक्रिया