पन्ध्र दिनभित्र सुधारका कार्ययोजना पेश गर्न निगमलाई मन्त्री पाण्डेको निर्देशन

पन्ध्र दिनभित्र सुधारका कार्ययोजना पेश गर्न निगमलाई मन्त्री पाण्डेको निर्देशन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बड्ने मन्त्री पाण्डेको भनाइ थियो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डका रूपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै निगमले हवाइ सेवाबाट नाफा कमाउनेतर्फ लाग्न समेत उनले निर्देशन दिएका थिए । निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियोे ।

Skip This
Skip This
Logo