काठमाडौँ । रोयल इन्फिल्डले थाइल्याण्डमा आफ्नो नयाँ सीकेडी एसेम्बली प्लान्ट विस्तार गरेको छ । बैंककको समुत प्राकान प्रान्तमा अवस्थित सो नयाँ प्लान्ट ५७ हजार वर्ग फुटमा फैलिएको छ ।
प्लान्टबाट वार्षिक ३० हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सकिने जनाइएको छ । सो प्लान्टबाट उत्पादिन मोटरसाइकल सुरुवाती समयमा थाई बजारमा बिक्री गरिने र विस्तारै क्षेत्रका अन्य देशहरूमा पनि निर्यात गरिने कम्पनी भनाइ छ ।
यो ब्रान्डको भारत बाहिरको विश्व बजारमा पहिलो स्ट्यान्ड अलोन मोटरसाइकल एसेम्बली प्लान्ट भएको बताइएको छ । रोयल इन्फिल्डले भारत बाहिर अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, बंगलादेश र नेपालपछि छैटौँ सीकेडी एसेम्बली प्लान्ट थाइल्यान्डमा स्थापना गरेको हो ।































प्रतिक्रिया