लुम्बिनी लायन्सले पोखरालाई दियो चुनौतीपूर्ण लक्ष्य, शतकबाट चुके रोहित

लुम्बिनी लायन्सले पोखरालाई दियो चुनौतीपूर्ण लक्ष्य, शतकबाट चुके रोहित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको सानदार अर्धशतकीय इनिङको मदतमा लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्ससमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा मात्र ५ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहितले ५९ बलमा १० चौका र ४ छक्काको मदतमा ९५ रन प्रहार गरे, ऐतिहासिक शतकबाट भने चुके । हालसम्म एनपीएलमा कसैले शतक प्रहार गर्न सकेका छैनन् । एनपीएलमा अर्धशतक प्रहार गर्ने कप्तान रोहित आठौं खेलाडी हुन् । उनी अन्तिम बलमा रनआउट भए ।

यसैगरी टम मुर्सले ४५ रन बनाउँदा सन्दीप जोराले १८ रन जोडे ।

बलिङतर्फ पोखराका विपन खत्रीले २ विकेट लिए । उनले लुम्बिनीका ओपनरद्वय आशुतोष घिरैया, उन्मुक्त चन्दलाई शून्यमै आउट गराएका थिए ।

Logo