काठमाडौँ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य उद्योगी पवनकुमार सारडाको फेसबुक ह्याकरले ह्याक गरेका छन् ।
उद्योगी सारडाको फेसबुक ह्याक गरेर ह्याकरले सारडा निकटका उद्योगीहरूलाई म्यासेज पठाएर आर्थिक समस्या पर्यो भन्दै सहयोग गरिदिन आग्रह गर्दै रकम माग गरिरहेका छन् ।
उद्योगी सारडाले शुक्रबार नै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आफ्नो फेसबुक ह्याक गरेर ह्याकरले आफू निकटका व्यक्तिहरूसँग रकम माग गरिरहेको विषयलाई लिएर अनुसन्धान गरिदिन भन्दै आग्रह गरेका छन् ।
उद्योगी सारडाले आफ्नो फेसबुक ह्याक गर्ने ह्याकरको खोजी गरिदिन फेसबुक कम्पनी समक्ष उजुरी दर्ता गर्ने तयारी गरिरहेको बताएका छन् ।





























प्रतिक्रिया