हिजोसम्म किलोको ३५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य आज ८५ रुपैयाँ पुग्यो

हिजोसम्म किलोको ३५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य आज ८५ रुपैयाँ पुग्यो

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले शनिबारका लागि तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालिमाटीमा आज पाकेको फर्सी, स्कुससहित केही तरकारीको मूल्य बढेको छ भने बोडी लगायतका कतिपय तरकारीको मूल्य घटेको छ ।

कालिमाटीमा हिजोसम्म किलोको ३५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य आज ८५ रुपैयाँ पुगेको छ । त्यसैगरी हिजो प्रतिकिलो १७ रुपैयाँ रहेको स्कुसको मूल्य आज बढेर २७ रुपैयाँ पुगेको छ ।

कालीमाटीमा आज रातो आलु ७२, सेतो आलु ६५, लोकल गाँजर १३५, तराईको बन्दा ४५, स्थानीय काउली ७८, सेतो मुला ३५, लाम्चो भन्टा ६५, तने बोडी १०५, लौका ६५, तराईको परबल १०५ रुपैयाँ प्रतिकिलो छ ।

हिजो १४५ रुपैयाँमा किनबेच भएको तने बोडीको मूल्य घटेर आज १०५ रुपैयाँमा झरेको छ । त्यसैगरी हरियो फर्सी ५५, भिन्डी ११५, स्कुस २७, रायोको साग ३२, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली १३५ रुपैयाँ प्रतिकिलो छ । थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो ।

Logo