सुदूरपश्चिमको जितमा ‘ह्याट्रिक’, लुम्बिनीको हारमा ‘ह्याट्रिक’

सुदूरपश्चिमको जितमा ‘ह्याट्रिक’, लुम्बिनीको हारमा ‘ह्याट्रिक’

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिगर लिग (एनपिएल)मा लगातार तेस्रो जित दर्ता गरेको छ । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि ४५ रनको जित दर्ता गरेको हो ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । तर, यता लगातार तेस्रो हार व्यहोरेको लुम्बिनी थप दबाबमा परेको छ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले जितका लागि दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विवेक यादवले ७७ रनको सानदार अर्धशतकीय इनिङ खेले । ५४ बल खेलेका उनले ३ चौका र ७ छक्का प्रहार गरे । तर, जित्न सकेनन् । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक विवेकले ४१ बलमा पूरा गरेका थिए ।

आज लुम्बिनीका शिर्ष ब्याटर नै फ्लप भए । सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोड्दा दिनेश अधिकारीले १४ रन बनाएर तर, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघिको खेलमा ९५ रन प्रहार गरेर शतकबाट चुकेका कप्तान रोहित नै आज चलेनन् । उनी ६ बलमा ५ रनमै आउट भए ।

यसअघिका खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेको लुम्बिनीलाई आज सस्तैमा समेट्न सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन म्याकमुलनले समान ३ विकेट लिए भने स्कट कुगेलेनले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र छ चौकाको मद्दतले सर्वाधिक ९० रन बनाएका हुन् । दीपेन्द्र सिंह ऐरीले ३९, ब्राण्डोन म्याक मुलेनले २३, बिनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त सात रन पायो ।

लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक/एक विकेट हात पारे ।

Logo