तुलसीपुरका सबै वडाका आफ्नै भवन बने

तुलसीपुरका सबै वडाका आफ्नै भवन बने

केन्द्रबिन्दु
6
Shares

दाङ । तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । भवनविहीन तुलसीपुर–१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ ।

यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए ।

“हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छौँ”, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भनवमा सञ्चालन भएका थिए ।

पालिकाले वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिनेगरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताए ।

Logo