काठमाडौं । २०७४ साल फागुन २८ गते काठमाडौंमा युएस बंगला एयरलाइन्सको दुर्घटनाको जाँचबुझ आयोगले पाइलटलाई नै मुख्य दोषी देखाएको छ । अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाउँदैं आयोगले पाइलटकै कारण विमान दुर्घटनाग्रस्त भएको निष्कर्ष निकालेको छ ।
ढाकाबाट काठमाडौंका लागि उडेको उक्त जहाज अवतरणको क्रममा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमाानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो । सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले दुर्घटना पाइलटले सामान्य संयमता अपनाउना नसक्दा भएको ठहर गरेको छ ।
पाइलटले अवतरणका क्रममा रनवेको एलाइन छोडेको र तत्कालिन अवस्थामा सावधानी नअपनाउँदा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जहाजको अवस्था नियमअनुसार मर्मतसम्भार भएको र सबै राम्रो अवस्थामा रहेको थियो तर पनि क्रू टिममा गम्भिर समस्या देखिएको छ । प्राप्त भ्वाइस रेकर्डबाट त्यस्तो तथ्य पाइएको समितिले उल्लेख गरेको छ। समितिले पाएको उक्त रेकर्डअनुसार पाइलटले आफू अघिल्लो रात राम्रोसँग नसुतेको बताएका छन्।





























प्रतिक्रिया