हुन्डाई नेपालले ल्यायो डिसेम्बर डिलाइटः ६ लाखसम्मको छुट र एक वर्षको बिमा सेवा

हुन्डाई नेपालले ल्यायो डिसेम्बर डिलाइटः ६ लाखसम्मको छुट र एक वर्षको बिमा सेवा

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि डिसेम्बर डिलाइट अभियान सुरु गरेको छ।

डिसेम्बर १५ सम्म चल्ने यस अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् ।

यसअन्तर्गत ग्राहकहरूले ६ लाखसम्मको छुट, ५ लाखसम्मको एक्स्चेन्ज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसिप प्लान रहेको छ । जसमा ग्राहकहरूले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै ३ वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्विसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

हुन्डाई नेपालले ग्राहकहरूको अनुभवलाई सधैँ झै विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो । यही शनिवार योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर र थापाथाली सोरुमहरूमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुँदै छ ।

Skip This
Skip This
Logo