व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छः प्रधानमन्त्री

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छः प्रधानमन्त्री

केन्द्रबिन्दु
54
Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नं ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् ।

साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो ।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि नेपाली काङ्ग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि काङ्ग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।

Skip This
Skip This
Logo