सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घट्यो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो ।

कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकी अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६ प्रतिशत, ०.७६ प्रतिशत, र ०.१५ प्रतिशतले वृद्धि भए । तर बैंकिङ ०.४६ प्रतिशत, विकास बैंक ०.६८ प्रतिशत, होटल तथा पर्यटन ०.८३ प्रतिशत, हाइड्रोपावर ०.५४ प्रतिशत, जीवन बीमा १.६७ प्रतिशत, माइक्रोफाइनान्स ०.६१ प्रतिशत, निर्जीवन बीमा १.१६ प्रतिशत, र व्यापार समूह १.३० प्रतिशतले घटेका छन् ।

इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशतले वृद्धि भयो । त्यस्तै, महिला लघुवित्तको ७.१ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३ प्रतिशत, र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले वृद्धि भएको छ । विपरीत, खानीखोला हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२ प्रतिशत, र सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा सबैभन्दा अगाडि क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेका छन् ।

Logo