काठमाडौं । जिरो इमिसन राइड एनले नयाँ स्कुटर ‘ईकुटर ई थ्री’ सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ईकुटर ई थ्री सार्वजनिक गरिएको हो।
ईकुटर ‘ई थ्री’ले सहरी तथा ग्रामीण दुवै क्षेत्रमा भरपर्दो, दिगो र सहज यात्रा समाधान प्रदान गर्ने जीरो इमिसन राइड एनले जनाएको छ । १ हजार ५०० वाट रेटेड मोटर पावर र ३ हजार वाट पिक पावर रहेको ईकुटर ई थ्रीले १२ डिग्रीसम्मको उकालो सजिलै पार गर्न सक्छ ।

यो स्कुटर एक पटक चार्ज गर्दा १००–१२० किमी सजिलै यात्रा गर्न सकिने आयोजकले जनाएको छ। यसैगरी ५–६ घण्टामै ब्याट्री फूल चार्ज हुन्छ । ब्याट्रीको वारेन्टी २० हजार किमी अथवा दुई वर्षसम्म रहेको छ। ईकुटर ई थ्रीको मोटरमा दुई वर्षको वारेन्टी पनि रहेको छ।

यसैगरी, यसमा रेजेनेरेटिभ ब्रेकिङ, क्रूज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, डबल डिस्क ब्रेक, एन्टी थिप्ट अलार्म, ह्वील लक र एलसीडी डिस्प्ले पनि उपलब्ध रहेको छ। इकुटर ई थ्रीको मूल्य कम्पनीले २ लाख २५ हजार रुपैयाँ राखेको छ।
जिरो राइड इमिसन एन नेपालमा लुयुआन इलेक्ट्रिक स्कूटरको एकमात्र वितरक हो । सन् २०१७ मा स्थापना भएको इकुटरले इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनमा निरन्तर नवःप्रवर्तन पनि गर्दै आएको छ। सारथी ईकुटर नेपालमै पूर्ण रूपमा एसेम्बल गरिँदै आएको छ। यो स्कुटरमा नवीनतम प्रविधि, आकर्षक डिजाइन र वातावरणमैत्री यातायात संयोजन रहेको छ।





























प्रतिक्रिया