काठमाडौं
सरकारले ‘एक गाउँपालिका एक पुस्तकालय’ नीति अघि सारेको भए पनि स्थानीय तहले चासो नदिँदा पुस्तकालय बनाउने प्रक्रिया अघि बढ्न सकेको छैन ।
नेपालमा हालसम्म २५ लाख पुस्तक प्रकाशित भएको राष्ट्रिय पुस्तकालयले जनाएको छ । तर राष्ट्रिय पुस्तकालयमा ८९ हजार पुस्तक मात्रै छन् । २०१३ सालमा स्थापना भएको सो पुस्तकालयको अवस्था नाजुक छ । पुस्तकालयमा २०१९ साल ताकाका पत्रपत्रिकाको अभिलेखसमेत राखिएको पाइएको छैन ।
अहिले पुस्तकालयमा दैनिक १० देखि १५ जनासम्म पुस्तक पढ्न आउने गरेको तथ्यांक छ । पुस्तकालयको विकास र स्तरोन्नतिका लागि सरकारले समेत चासो नदेखाएको सम्बद्ध अधिकारी बताउँछन् ।
चालू आर्थिक वर्षमा राष्ट्रिय पुस्तकालयका लागि ९८ लाख रुपैयाँ बजेट छुट्याइएको पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले बताए । ती मध्ये झन्डै ८० लाख रुपैयाँ तलबमै खर्च हुने गरेको उनले बताए । २३ जना दरबन्दी रहेको सो पुस्तकालयमा १५ जना कर्मचारी कार्यरत छन् ।
३५० थान अर्काइभको पूर्ण विषयवस्तुसहित डी–स्पेस सफ्टवेयरमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाउन लागिएको प्रमुख मैनालीले बताए । उनले भने, ‘यस पुस्तकालयले प्रकाशन गर्दै आएका ३४ वटा अंकलाई अनलाइनबाट अध्ययन गर्ने व्यवस्था गर्दैछौं । हाल ३५० थान थेसिसमा थप ३५० गरी ७ सय थेसिसको फुल टेस्ट अनलाइनमा अध्ययन गर्न सकिने व्यवस्था मिलाउँदै छौं ।’
राजधानीबाट































प्रतिक्रिया