सिरियामा तैनाथ नेपाली शान्ति सेना सुरक्षित छः नेपाली सेना

सिरियामा तैनाथ नेपाली शान्ति सेना सुरक्षित छः नेपाली सेना

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । सिरियामा रहेका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको सेनाले विज्ञप्ति जारी गर्दै जनाएको हो ।

सिरियामा इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले कब्जा गरिसकेको छ । “सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ”, नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

Logo