सडक दुर्घटनामा परि सशस्त्रका एसपीको मृत्यु, प्रजिअको अवस्था गम्भीर

सडक दुर्घटनामा परि सशस्त्रका एसपीको मृत्यु, प्रजिअको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

बारा

बारामा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन् । उनीहरुसँगै गाडीमा सवार नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ , सशस्त्रका जवान संजय यादव र गाडीका चालक जगत प्रसाद राउत घाइते भएका छन् ।

एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए । प्रजिअ भट्टराई चढेको ना १ झ १६६३ नम्बरको गाडी हरिवनबाट कलैयातर्फ जाने क्रममा पूर्वपश्चिम राजमार्गमा रहेको पचाह खोला नजिकै रोकिराखेको ट्याक्टरको ट्रलिसँग ठोकिन पुगेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका प्रजिअ भट्टराईलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo