कजारिया टायल्सको एकता सम्मेलन सम्पन्न

कजारिया टायल्सको एकता सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो साथै भारतको नम्बर वान टायल्स कजारिया टायल्सले हालै काठमाडौँमा एकता सम्मेलन सम्पन्न गरेको छ ।

१५० जनाभन्दा बढी राजमिस्त्रीहरू सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याइ नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको थियो।

मैसन मिटको उद्देश्य राजमिस्त्रीहरूलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो ।

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरूलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरूको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौँबाट शुरु भएको यो मैसन मिट छिट्टै नै नेपाल अधिराज्यभरका कम्तिमा पनि १६ ठाउँहरूमा समेत गरिँदै जाने बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथसाथै दक्ष जनशक्तिको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ ।’

काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा २ वर्ष अगाडि नवलपरासीमा खुलेको कम्पनी हो। कजारिया रमेश टायल्स नेपालको एक मात्र ठूलो सिरामिक र भिट्रिफाइड टाइल निर्माता कम्पनी हो।

Skip This
Skip This
Logo