आज तराई क्षेत्रमा हुस्सु र कुहिरो

आज तराई क्षेत्रमा हुस्सु र कुहिरो

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै, आज सूर्योदय बिहान ६ बजेर ४४ मिनेट र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

Logo