डा. गोविन्द केसीलाई पक्राउ गरेर मुद्दा चलाउन माग

डा. गोविन्द केसीलाई पक्राउ गरेर मुद्दा चलाउन माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीले शुक्रबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरे । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे । आफुसँग गरेको सहमतीका आधारमा विधेयक ल्याउनबाट चुकेको भन्दै डा. केसीले नैतिकका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको माग थियो ।

डा. केसीले यतिमात्र माग राखेनन्, प्रधानमन्त्रीमाथि गम्भीर आरोप समेत लगाए । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा देखिएको औषधीको प्रभाव चिकित्सा शिक्षा विधेयक पास गराउनमा लागेको बताए ।

केसीले जारी गरिएको विज्ञप्तीमा भनिएको थियो, ‘आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधीका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो ।’

देशको कार्यकारी जस्तो महत्वपूर्ण पदमा बसेकालाई सरकारी कर्मचारीले असामान्य तरिकारले टिप्पणी गरेको भन्दै सत्तारुढ दल नेकपा नेता तथा कार्यकर्ताहरु डा. केसीप्रति आक्रोशित बनेका छन् ।

उनीहरुले डा. केसीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा नेकपा नेता तथा कार्यकर्ताहरुले केसीको विरोध गर्दै उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाउनुपर्ने उनीहरुको माग हो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसको विरोध तथा नारावाजीकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरिएको थियो । उक्त विधेयक पारित भएसँगै प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सडक आन्दोलनमा उत्रिएका छन् ।

Skip This
Skip This
Logo