विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीले आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने बताएका छन्।
सञ्चारकर्मीले डा. गोबिन्द केसीको माग र चिकित्सा विधेयक विषयमा प्रश्न सोध्दा घुमाउरो शैलीमा डा. केसीलाई आवेश र उत्तेजनामा नआउन सुझाएका हुन्। ओलीले सबैले आ-आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’
संसदमा विपक्षी दलको विरोधका वावजुत विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हुने भन्दै उधुम विषय नभएको प्रतिक्रिया दिए ।





























प्रतिक्रिया