प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वदेश फर्किएका छन्।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थल पुगेर रक्षामन्त्री ईश्वर पोखरेल,प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले स्वागत गरेका छन् ।

डावोस सहरमा हुने बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली गत आइतबार त्यसतर्फ गएका थिए।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।

उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।

Logo