काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पशुपति आर्यघाटमा ९ बेवारिसे शवको दाहसंस्कारका क्रममा आफू स्वयं सरीक भई त्यहाँ आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरेका छन् ।
सांसद डा. शर्माले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रसँग सहकार्यमा सो कार्य गरेका हुन् । उनले आजको मितिबाट प्रति शवको ५००० का दरले थप १०० बेवारिसे शवको अन्त्येष्टिको लागी सहयोग गर्ने घोषणा गरेका छन् । आगामी दिनमा अझै सहयाेग गर्ने उनकाे प्रतितबद्धता छ ।
सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदुर पूर्वदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै दूरदराजका जनतालाई उपचार सम्भव नभएका बिरामीलाई काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेज साथै बिराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्दै आएका छन् ।
सांसद डा. शर्माले आज पशुपति आर्यघाटमा १५० केजी दाउराको बिल काटेर १०० देखी ११० केजी मात्र उपलब्ध गराउने गरेर भ्रष्टाचार गरेको प्रति दुःख पनि व्यक्त गरे । ‘यस्तो संवेदनशील ठाउँमा पनि भ्रष्टाचार हुने गर्दो रहेछ, यस्तो कार्यमा सबैको ध्यान जानु पर्छ,’ उनले भने ।
हाल सम्म ५६०० बढी बेवारिसे शवको व्यवस्थापन गरी सकेको यस संस्थाले काठमाडौंमा मात्र नभएर देशका विभिन्न जिल्लाहरूमा गएर त्यस्ता बेवारिसे लासको घाटसम्म लगेर अन्त्येष्टि गर्दै आएको छ । विभिन्न मन्त्रीहरूबाट बेवारिसे लासको निःशुल्क व्यवस्थापन गरिने भनेर समाचार आएता पनि व्यवहारमा भने अहिलेसम्म कतैबाट सहयोग नभएको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष बिनयजंग बस्नेतले गुनासो गरे ।

सांसद शर्मा सहयोग गर्न पुग्दा उनी भावुक बनेका थिए ।






























प्रतिक्रिया