वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक छः मन्त्री ठकुरी

वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक छः मन्त्री ठकुरी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित वातावरणीय मानव अधिकार रक्षाको दोस्रो सम्मेलनमा बोल्दै उनले जाडो बढेसँगै वायु प्रदूषण पनि बढ्दै गएको भन्दै मोटरगाडीहरूको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने बताए ।

उनले भने, ‘पहिलो कुरा हामीले देशको वायु प्रदुषणको स्रोत पहिचान गरी नियन्त्रणमा निगरानी राख्न आवश्यक छ । विशेषगरी मोटरगाडीहरूको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने छ । जलवायु प्रदुषण र वायु प्रदुषणको असर आजको मात्र नभएर भविष्यको पुस्ताको लागि पनि महत्त्वपूर्ण छ । त्यसैले हामीले आजैदेखि यस विषयमा गम्भीर कदम चाल्नुपर्ने छ । जसले हाम्रो पर्यावरण र जनस्वास्थ्यलाई बचाउ गर्न सकिने छ ।’

उनले सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना अगाडि बढाएको पनि बताए ।

उनले भने, ‘सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजनाहरू अगाडि बढाएको छ ।’

Logo