काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र बोस्क लिमिटेडबीच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बोस्क एफआईपीहरुको मर्मत तथा सम्भारसम्बन्धी सेवाको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
विशेस समारोहमा दुबै पक्षबीच भएको यस सम्झौता अनुसार अब सिप्रदीको सर्भिस सेन्टरमा टाटा कमर्सियल गाडीहरुको एफआईपी सम्बन्धी मर्मत संभार गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरीय सेवा पाउने बताइएको छ।
उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफआईपीसम्बन्धी मर्मतसम्भार कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको भनाइ छ।
त्यस अवसरमा सिप्रदी ट्रेडिङ्गका उपाध्यक्ष सौरभराज थपलियाले यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई एफआईपी मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउने बताए।
उनले सिप्रदी तथा बोस्कको विस्तारित सर्भिस सञ्जालले अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरे। त्यसैगरी बोस्क इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले सिफारिस नगरिएका तथा ननजेन्यूइन पार्टपुर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने बताए।
अब शतप्रतिशत बोस्कको जेन्यूइन पार्ट्सको प्रयोग गरी निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरुले प्राप्त गर्न सक्ने उनको भनाइ छ।
यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिनेछ। एफआईपी मर्मतसम्बन्धी कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदा ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूति प्रदान गर्नका लागि कम्पनिले जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने सिप्रदीले जनाएको छ।































प्रतिक्रिया