बीमा प्राधिकरणका अध्यक्षविरुद्ध मुद्दा दायरपछि निलम्बन: दाहाललाई तोकियो जिम्मेवारी

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध मुद्दा दायरपछि निलम्बन: दाहाललाई तोकियो जिम्मेवारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् ।

बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो ।

बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo