समुदायबाट २८ लाख जुटाएर खेलमैदान बनाउँदै अन्नपूर्ण गाउँपालिका

समुदायबाट २८ लाख जुटाएर खेलमैदान बनाउँदै अन्नपूर्ण गाउँपालिका

केन्द्रबिन्दु
9
Shares

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

“समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, उनले भने ।

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले रु १३ लाख ५० हजार, रु पाँच लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहेका घारका ददीवल खड्काबाट रु पाँच लाख, घार कोटमन्दिरबाट रु एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo