काठमाडौँ । गृह मन्त्रालयले डीआईजीहरूको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बढुवा भएका ८ जना डीआईजीहरूलाई विभिन्न स्थानमा सरुवा तथा पदस्थापन गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा डीआईजी दानबहादुर कार्की, कोशी प्रदेशमा राजन अधिकारी, गण्डकी प्रदेशमा भोलाबहादुर रावल र सुदूरपश्चिम प्रदेशमा गणेश चन्दलाई पदस्थापन गरिएको छ ।
यस्तै, विशेष ब्युरोमा सिद्धिविक्रम शाह, केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङ र प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा डम्बरबहादुर विकलाई सरुवा गरिएको छ ।
हिमालकुमार श्रेष्ठलाई अख्तियार र उमाप्रसाद चतुर्वेदीलाई प्रधान कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको छ ।
यस्तै, ध्रुवराज राउतलाई रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।





























प्रतिक्रिया