चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, अब डा. केसीले के गर्लान् ?

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, अब डा. केसीले के गर्लान् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैंठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको हो ।

नेपाली कांग्रेसका सांसदहरुको नारावाजी तथा अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरिएको हो । कांग्रेस सांसदहरुले नाराबाजीकाबीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए ।

रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरे । लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो ।

त्यतिन्जेल मन्त्री रोष्टममै बसेका थिए । सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए । तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी तथा अवरोध सिर्जना गरेका थिए । आजको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बोलेकी थिईन् । उनले बोलिसकेपछि कांग्रेस सांसदहरु आफ्नो सिटबाट उठेर नाराबाजी गरेका हुन् । आजको बैठकमा दोब्बरको संख्यामा मर्यादापालक खटाईएको थियो ।

विधेयक पास भएसँगै १६ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीले के गर्लान् भन्ने आम प्रश्न रहेको छ । उनले आफुसँग गरिएको सहमतिअनुसार विधेयक नआए अनिश्चतकालिन अनसनमा रहने जनाईसकेका थिए ।

 

 

Logo