काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सविरुद्ध चितवन राइनोजको चौथो विकेट पनि पतन भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ११ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ६६ रन जोडेको हो ।
हाल विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिइसकेका छन् । ओपनर सन्तोष कार्कीलाई २८ रनमा आउट गरेका उनले बसिल हमिदलाई एक रनमै पवेलियन फर्काए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।
विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ ।
बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिए ।































प्रतिक्रिया