एनपीएलमा विराटनगरको दोस्रो जित, चितवनलाई धक्का

एनपीएलमा विराटनगरको दोस्रो जित, चितवनलाई धक्का

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा चितवन राइनोजमाथि विराटनगरले ५१ रनको रवाफिलो जित निकालेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो ।

प्रतियोगितामा यो विराटनगरको दोस्रो जित हो । प्रतियोगितामा यो विराटनगरको दोस्रो जित हो । यसअघिका पाँच खेलमध्ये विराटनगरले एक खेल जित्दा चार खेलमा हार ब्यहोरेको थियो । विराटनगर प्लेअफ सम्भावनाबाट लगभग बाहिरिसकेको छ, तर, अंगणित हेर्दा यही भन्न सक्ने अवस्था पनि छैन ।

यता पराजित चितवनलाई भने ठूलो धक्का पुगेको छ । उसको प्लेअफ सम्भावना बाँकी छ, तर महत्वपूर्ण खेलमा हार व्यहोर्न पुग्यो । पराजित चितवनको ६ खेल खेलमा ३ जित र ३ हारका साथ ६ अंकमा रहेको छ । चितवनले आफ्नो अन्तिम खेलमा शनिवार यो प्रतियोगिताकै बलियो टोली मानिएको जनकपुर बोल्ट्सको सामना गर्नेछ । जनकपुरविरुद्धको खेल उसलाई जित्नै पर्ने दबाब छ ।

आज विराटनगरको बलियो लक्ष्य पछ्याउने क्रममा चितवनका लागि अमर रौटेलाले २९ बलमा ३ चौका र २ छक्काको मदतमा सर्वाधिक ४२ रन जोडे । त्यसैगरी ओपनर सन्तोष कार्कीले २८ रन, कप्तान कुशल मल्लले २५ रन तथा रवि बोपराले २० रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । यसअघिका केही खेलमा विकेट नै लिन सकेका थिएनन्, तर आज उनले कसिलो बलिङ गर्दै २ विकेट लिएका हुन् । यसैगरी क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमको नाममा समान एकएक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिए ।

Logo